काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति हराउँदै गएको बताएका छन् ।
नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ बाँके क्षेत्र नं.२ ले सोमबार नेपालगञ्जमा आयोजना गरेको नयाँ कार्यसमिति घोषणा सभामा सहमहामन्त्री राठौरले पार्टी पदाधिकारीबाटै गुटको राजनीति गर्दै पार्टीभित्र अराजकता बढाइरहेको आरोप लगाए ।
‘पार्टीभित्र अराजकता बढाउने काम भइरहेको छ, विधि विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैन,’ उनले भने, ‘लावालस्कर र हो हल्ला गरेर पार्टी चल्दैन र लोकप्रिय पनि भइँदैन ।’
Facebook Comments Box
