काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई आफूले पार्टी छाड्नु भनेर नभनेको दाबी गरेका छन् ।
विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले शर्मालाई पार्टी छाड्नु भनेर आफूले कहिल्यै नभनेको बताए ।
जनार्दनलाई पार्टी छाड्नु भन्नु भएछ नि ? भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘त्यो भनेकै छैन । बेकारको कुरा हो ।’ माओवादीमा पछिल्लो समय प्रचण्ड र प्रभाकरबीच लाइन संघर्ष चलिरहेको छ ।
संघर्षकै कारण दुई नेताबीचको सम्बन्ध सुमधुर नभएको चर्चा छ । प्रचण्डलाई पार्टीभित्र शर्माले चुनौती दिइरहेका छन् । शर्माले आफूलाई ‘काउन्टर’ दिन थालेपछि प्रचण्ड उनीसँग रुष्ट छन् ।
Facebook Comments Box
