काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशलाई संकटबाट मुक्त गर्न माओवादीको नेतृत्व आवश्यक रहेको बताएका छन् ।
दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टीले बहुमत नल्याए देश थप संकटमा फस्ने बताउँदै उनले भने, ‘२०८४ को चुनाव आउँदैछ । माओवादीलाई बहुमतको सरकार बनाउने ठाउँमा पुर्याउन सकेन भने देश झन् संटकमा फस्छ ।’
पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले गरेको कामकै कारणले अहिले माओवादीप्रति आकर्षण बढेको उनको भनाई थियो ।
Facebook Comments Box
