काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन नेपाल निजामती कर्मचारी संगठन सिरहाका अध्यक्ष राजकुमार राय परस्त्री महिलासहित पक्राउ परेका छन् ।
मालपोत तथा भूमिसुधार कार्यालय सिरहामा कार्यरत रायलाई प्रहरीले बिहीबार दिउँसो सिरहास्थित एक घरबाट पक्राउ गरेको हो ।
रायले परस्त्रीसँग सम्बन्ध राखेको र आफूलाई दुःख दिएको भनी उनकी पत्नीले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीपछि प्रहरीले उनको निगरानी गरिरहेको थियो ।
त्यसै क्रममा उनी एउटा घरमा छिरेको सूचनापछि पुगेको प्रहरीले महिलासँगै उनलाई पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान हुने सिरहा प्रहरीले जनाएको छ ।
Facebook Comments Box
