काठमाडौं । दाङमा घरासयी विवादका क्रममा एकजना श्रीमतीले चिर्पट प्रहार गरे श्रीमानको ज्यान लिएकी छन् ।
६५ वर्षीय पति पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–७ हल्दी निवासी ५० वर्षीया संगीता सुनारी मगरलाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ ।
संगीताले घरायसी विवादका क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हाँसीपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
Facebook Comments Box
