काठमाडौं । नेकपा एमाले नेता ताथ व्यवसायी विदुर शर्माविरुद्ध परेको बलात्कारको जाहेरीमा मुद्दा नचल्ने निर्णय गरिएको छ ।
हनि ट्रयापको समूहले फसाएको निष्कर्षका आधारमा उनलाई प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय भएको हो ।
शर्माविरुद्ध गत वर्ष जेठमा दरबारमार्ग वृत्तमा एक युवतीले बलात्कारको जाहेरी दिएकी थिइन् । जाहेरी दिन लगाउने गिरोह पछि ललितपुरमा पक्राउ परेको थियो ।
सुनसरीको ताज इस्लामको समूहले शर्मालाई योजनाबद्ध रुपमा हनि ट्रयापमा फसाएको थियो । यद्यपी युवतीले उजुरी दिएपछि यस्तो घटनामा मुद्दा चल्दै आएको छ ।
तर, व्यवसायी शर्माको पहुँचका कारण पनि उनले एक दिनपनि हिरासतमा बस्नु परेन । ती युवतीसँग ठमेलमा रात बिताएको भने अनुसन्धानमा पुष्टि भएको थियो ।
हनि ट्रयाप गिरोहका नाइके ताज इस्लाम भने हाल कारागारमा छन् ।
