विराटनगर । प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय युवती रहेकी छन् ।
मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोटसहित भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति पक्राउ परेकी हुन् ।
वैशाख १६ गते विराटनगर-१३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा उनले भारतीय ५ सय रुपैयाँको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको संका लागि पसल धनीले प्रहरीलाई खवर गरेका थिए ।
तत्काल इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनको साथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ ३ हजार १ सयसहित नियन्त्रणमा लिएको हो ।
नक्कली नोटसहित पक्राउ परेकी उनको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box
