काठमाडौं । भर्खरै बढुवा भएका नेपाल प्रहरीका ६ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको पदस्थापन भएको छ ।
एआईजी चन्द्रकुबेर खापुङको केन्द्रिय अनुसन्धान ब्युरो, लालमणि आचार्यको कार्य विभाग र कृष्णहरि शर्माको प्रशासन विभागमा पदस्थापन भएको छ ।
त्यस्तै, दान बहादुर कार्कीलाई मानव स्रोत, राजन अधिकारीलाई अपराध अनुसन्धान तथा मनोज केसीलाई प्रदेश समन्वय विभागमा खटाइएको छ ।
Facebook Comments Box
