गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) मिलन पन्थ ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् । कार्य सम्पादनका आधारमा निरन्तर उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाले सई पन्थलाई फागुन महिनाको उत्कृष्ट प्रहरी ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित गरेका हो ।
प्रहरी संगठनको नीति निर्देशन बमोजिम तोकिएको जिम्मेवारी तथा पदिय दायित्वलाई इमान्दार, बफादार, कर्तव्यनिष्ठताका साथ उच्च अनुशासनमा रही उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरेकाले उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
साथै कार्यालयको वडा एरिया अन्तर्गतमा घटेका विभिन्न प्रकृतिका अपराधहरुमा तदारुकताका साथ खटिई गई घटनाहरुको सुक्ष्म रुपमा अनुसन्धान गरी अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यालयले बताएको छ ।
प्रहरी नायव निरीक्षक पन्थलाई सोमबार एक कार्यक्रमबीच कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) बासुदेब पाठकले नगद पुरस्कारसहित सम्मान गरेका छन् । यसैगरी प्रहरी नायव निरीक्षक पन्थ आम जनसमुदायमा प्रहरी प्रतिको छवि सकारात्मक बनाउने तर्फ सदैव प्रयत्नशिल रहेको कार्यालयको भनाई छ ।
