काठमाडौं । मंसिर २९ गते राती पर्सा जिल्लाको वीरगन्ज महानगपालिका -६ लाटगलि बाट सशस्त्र प्रहरी बलले ३० लाख रुपैयाँ बढिको कपडा बरामद गरेको छ ।
बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र वीरगन्ज भन्सार कार्यालय बाट नायब सुब्बा हफिज उल्लाह अंसारी सहितको संयुक्त टोलिले भन्सार छलेर गोदाममा भण्डारण गरि राखिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको हो ।
बरामद कपडामा कुर्ता सुरुवाल १ हजार ६ सय २७ पिस , स्काफ १ हजार ७ सय २२ पिस , सल २ हजार ७ सय ६८ पिस , लेडिज ब्याग, साडी पिन , लङ कोट लगायत रहेको छ ।
आइतबार ती सामनको ३० लाख उनन्चास हजार सात सय मुल्य कायम गरि आबश्यक कारबाहिको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाईको छ ।
पछिल्लो करिब ९ महिनाको अबधिमा मात्र डिएसपी रिजालको टोलिले पर्साको सीमा क्षेत्र र गोदाम गरि राखिएका करोडौं मूल्य बराबरका अबैध सामान बरामद गरेको छ ।
