हेटौंडा । प्रहरीले युवकलाई कुटपिट गरी हत्या गरेको आशंकामा तीन जनालाई पक्राउ गरेको छ ।
मकवानपुर राक्सिराङ गाउँपालिका-५ इन्चराङस्थित चैनपुरबाट काकडा जाने भित्री सडकमा बारा अमलेखगन्जका २१ वर्षीय समिर सुनारको शव शुक्रबार फेला परेको थियो ।
उनको टाउकोमा चोट र नाकमुखबाट रगत बगिरहेको अवस्थामा प्रहरीले मृत फेला पारेको थियो ।सुनारको कुटपिट गरेर हत्या गरेको आशंकामा इलाका प्रहरी कार्यालय मनहरीले तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका तीनै जना मृतक सुनारसँग हिँडने साथी भएको बताएको छ । पक्राउ गरिएका व्यक्तिहरुसँग सोधपुछ गर्ने कार्य भइरहेकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन ।
Facebook Comments Box
