काठमाडौं । नेपाल प्रहरीका पूर्व असई श्रीमती हत्याको आरोपमा पक्राउ परेका छन् ।
कञ्चनपुरका भीमदत्त नगरपालिका–८ तिलाचौरका ४९ वर्षीय नरेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको हो । विष्टले शनिबार राति करिव ८ बजे श्रीमाती ३० वर्षीया ज्योतिको हँसियाले हानेर हत्या गरेको प्रहरीको आरोप छ ।
घटनाबारे आफन्तले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आइतबार राति नै नरेन्द्रलाई पक्राउ गरेको छ । उनीहरूबीच घरायसी विवाद भइरहेको देखिएको छ ।
शनिबार राति पनि विवाद हुँदा नरेन्द्रले ज्योतिलाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार नरेन्द्र सेवा निवृत्त प्रहरी हुन । उनी असईमा अवकास भएका थिए ।
Facebook Comments Box
