काठमाडौं । नेपाल प्रहरीमा जनपदत समूहतर्फ ३२ जना प्रहरी नायव निरीक्षक (सई) हरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
भरत बहादुर चन्दलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । यम बहादुर साउद, महेन्द्र प्रसाद काफ्ले, पिताम्बर आचार्य, सृजना खड्कासहित ३२ जना बढुवा सिफारिस सुचीमा छन् ।
त्यस्तै १५५ जना प्रहरी सहायक निरीक्षक (असई) लाई सईमा बढुवा सिफारिस गरेको छ ।


Facebook Comments Box
![प्रहरीमा ३२ जना वरिष्ठ सई र १५५ जना सईमा बढुवा सिफारिस [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2024/08/Nepal-Police-1024x497-1.jpeg)