काठमाडौं । पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँ ल्याइएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धान गर्न उनलाई मंगलबार पोखराबाट काठमाडौँ ल्याइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले उनलाई परिसरकै हिरासतमा राखिएको बताए । जोशी सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए ।
पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन् । उनीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
यसअघि जोशीलाई काठमाडौंबाट पक्राउ गरेर कास्की पोखरा पठाइएको थियो । पोखरामा अनुसन्धान सकिएपछि जोशीलाई थप अनुसन्धानको लागि काठमाडौँ झिकाइएको हो ।
Facebook Comments Box
