काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सांसद राजेन्द्र बजगाईंलाई स्पष्टीकरण सोधेको छ ।
केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिले सांसद बजगाईंलाई स्पष्टीकरण सोधेको हो ।
समितिले बजगाईंलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि लगाएको आरोपबारे स्पष्टीकरण सोधेको बताइएको छ ।
सांसद बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा मन्त्री पाण्डेले भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।
Facebook Comments Box