काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि किर्ते र साइबर क्राइममा अनुसन्धान हुने भएको छ । फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका प्रसाईंमाथि साइबर अपराध मुद्दामा अनुसन्धान हुने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले प्रसाईंलाई आज भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका प्रसाईंमाथि विद्युतीय अपराध सजाय ऐनअन्तर्गत अनुसन्धान हुने सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले बताए । प्रसाईंका विरुद्ध कागजात कीर्ते र मानहानी मुद्दासमेत चल्ने उनले बताए ।
यसअघि प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंबाट साईबर अपराधमा पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले पक्राउ पुर्जी दिएरै प्रसाईंलाई नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ ।
प्रसाईँले प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोप छ ।
