चितवन । जिल्ला प्रहरी कार्यालय, चितवनको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सम्हालेका छन् । बिहिवार कार्यालयमा हाजिर भएर एसपी गौतमले चितवन प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका हुन् ।
बुधबार प्रहरी प्रधान कार्यालयले २ एसपीको काज सरुवा गर्दै गौतमलाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल मानिन्छ ।
विभिन्न स्थानमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका गौतम संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालले स्वागत गरेका थिए ।
कमाण्ड सम्हाल्दै एसपी गौतमले जिल्लामा हुने हरेक अपराधीक कार्यमा कसैको दवाव र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने दाबी गरे ।
यसअघि चितवनको प्रहरी प्रमुखको रुपमा एसपी भावेस रिमालले ७ महिना जिल्लाको कमाण्ड सम्हालेका थिए । उनको मानव बेचबिखन नियन्त्रण ब्यूरो काठमाडौँमा सरुवा भएको छ ।
