काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।
Facebook Comments Box
