काठमाडौ । नेपाल प्रहरीमा औपचारिक रुपमा स्टाफ कलेज (माष्टर इन पुलिस साइन्स) कार्यक्रम सुरु भएको छ । प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा बुधबार औपचारिक रुपमा कार्यालय स्थापना गरिएको छ ।
प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुदिप गिरिद्वारा कार्यालयको उद्घाटन गरिएको हो ।
स्टाफ कलेजको कार्यकारी निर्देशकमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजन अधिकारीलाई तोकिएको छ । एकेडेमीले आगामी दुई महिनाभित्रै स्टाफ कलेजका लागि प्रवेश परीक्षाको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
प्रहरी निरीक्षक आधारभुत तालिमको १५८ तथा पिजिडिपिएस सातौं ब्याच एमपीएस सुरु गर्न लागिएको छ । यो ब्याचका ६५ जना डिएसपी तथा ७९ जना इन्सपेक्टर छन् । इन्सपेक्टरको ठूलो ब्याच भएकाले यही टोलीबाट कार्यान्वायन गर्न लागिएको हो ।
एमपिएस १६ महिनाको कोर्स हुनेछ । जसमध्ये पहिलो दुई महिना प्रवेश परीक्षाको लागि छुट्याइएको छ भने त्यसपछिका १० महिना आवासिय हुनेछ । अन्तिम चार महिनामा थेसिसका लागि छुट्याइएको छ ।
