काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले पाएका छन् ।
प्रहरी प्रधान कार्यालयले सोमबार प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । यसअघि प्रवक्ता रहेका डिआइजी भीमप्रसाद ढकाल बढुवा भएर एआइजी भएपछि कार्कीलाई प्रवक्ता तोकिएको हो ।
कार्की हाल प्रहरी महानिरीक्षकको सचिवालयमै कार्यरत थिए ।
प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यामहरुमा सम्प्रेषण गर्न कार्कीलाई प्रवत्ताको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Facebook Comments Box
