काठमाडौ । उपत्यका अपराध अनुसन्धान कार्यालयले दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाख रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् ।
प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । तर, ती दुई पुरुष रुपन्देही बुटवलको भएको प्रहरीले जनाएको छ । उनीहरु हुण्डी कारोबारी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुको सुन कारोबारमा पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
घटनाबारे ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ ।
Facebook Comments Box
