काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक होटलमा किशोरीमाथि बलात्कार भएको छ ।
सञ्चयकोश भवन नजिकैको होटलमा १९ वर्षीया किशोरीलाई दोलखा घर भएका एकजना पुरुषले बलात्कार गरेका हुन् ।
बलात्कारमा संलग्न आरोपी दोलखा घर भएका विदुर शर्मा फरार छन् । उनीविरुद्ध पीडितले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएकी छन् ।
४५ वर्षीय शर्माको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगेर आफूलाई बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् ।
आरोपी नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएका थिए ।
Facebook Comments Box
