काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेलाई तोकिएको छ ।
यसअघिका एसपी विनोद शर्मा बैशाख १० गते हेडक्वार्टर तानिएपछि उनको ठाउँमा काफ्लेलाई पठाइएको हो ।
प्रहरी एकेडेमीमा कार्यरत काफ्लेलाई प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुवरले पठाएका हुन् । उनी फ्रान्सबाट आएलगत्तै काफ्लेलाई सिन्धुली पठाएका हुन् ।
शुक्रवार प्रहरी प्रधान कार्यालय,कर्मचारी प्रशासन शाखाको च.नं.६५७१ मिति २०८१/०१/१८ गतेको पत्रले प्रहरी एकेडेमीबाट सिन्धुली काज खटिएका एसपी काफ्लेलाई एकेडेमीका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले विदाई समेत गरेका छन् ।
Facebook Comments Box
