सप्तरी । सप्तरीमा छोराले आफ्नै बुबाको हत्या गरेको घटना सार्वजनिक भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका-३ सखबनी नयाँ बस्तीका २२ वर्षीय लालदेब सदाले बन्चरो प्रहार गरी ४५ वर्षीय बुबा हिराई सदाको बुधबार हत्या गरेका हुन्।
बुधबार बिहान ८ बजेतिर घरायसी विवादमा बन्चरो घाँटीमा प्रहार गर्दा हिराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी प्रवक्ता डुण्डिराज न्यौपानेले जानकारी दिए ।
आरोपी लालदेबले छिमेकी ६५ वर्षीय दसन सदालाई समेत बन्चरो प्रहार गरेका थिए । बुबा हिराईलाई बन्चरो हानेको देखेपछि छुटाउन गएका दसनमाथि समेत लालदेव जाइलागेका हुन् ।
बन्चरो प्रहारले दसनको टाउको र हातमा चोट लागेको छ । अहिले उनको फतेपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आरोपी लालदेवलाई बन्चरोसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया
