काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लुटपाट गरेको घटनामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना प्रहरी पनि रहेका छन् ।
प्रहरी वृत्त बानेश्वरमा कार्यरत एक प्रहरीसहित दुईजना पक्राउ परेको कार्यालयले जनाएको छ । पक्राउ पर्ने प्रहरीमा वृत्तका हवल्दार चक्रबहादुर शाही रहेका छन् ।
उनीहरु बुधबार पक्राउ परेका हुन् । उनीहरूले रातोपुलको एक होटेलबाट साढे सात लाख रुपैयाँ लुटपाट गरेको खुलेको छ ।
यस विषयमा थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
