काठमाडौं । सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुई जना दुर्गा प्रसाईंका अंथरक्षक भनिएकाहरुलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका उनीहरुलाई हिरासतमा राखेर थप अनसन्धान गर्न अदालतले आदेश दिएको हो ।
सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार एसएल आर २२ बोरसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का व्यक्ति रामकुमार धिमाल पक्राउ परेका थिए ।
उनीहरुलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखनेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
उनीहरुमाथी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
