काठमाडौं । सर्लाही प्रहरीले ४ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
सर्लाही बागमती नगरपालिका-१० सोल्टी नहर अस्थाई प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीवाट खटिएको साझा पोसाका प्रहरी समेतको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा ४ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीका अनुसार शंकरपुरबाट सोल्टी तर्फ जादै गरेको बिआर ३० दव्लु ५८८३ नम्वरको मोटरसाईकलाई चेकजाँच गर्ने क्रममा मोटर साइकलमा सवार एक जना व्यक्तिसँग ४ राउण्ड अबैध गोली फेला परेको हो ।
एसपी ज्ञवाली भने, ‘सुरुमा मोटरसाइकल चालक जिल्ला सर्लाही मंलगवा नगरपालिका- १ बस्ने वर्ष २१ को पोसन महरा रामको साथबाट ८ एमएम को ४ राउण्ड गोली बरामद भएको हो ।’
प्रहरीले अनुसन्धान गर्ने क्रममा बागमती नगरपालिक ८ बस्ने वर्ष २४ को रंजित रामलाई समेत घरबाट पक्राउ गरि थप अनुसन्धान कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गोली किन, के कुन परियोजनमा ल्याए भने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको एसपी ज्ञवालीले बताए । पक्राउ परेकालाई म्याद थप गरेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
