काठमाडौं । जिल्ला प्रहरी कार्यालय बैतडीले भन्सार छलीको लाखौं मुल्यसहित जीप र ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक गिरीका अनुसार मंगलबार जीप र बुधबार सामान सहितको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी नायव उपरीक्षक गिरीले भने, ‘महाकाली नदिमा ट्युब तथा डुङ्गाको प्रयोग गरी भारतबाट प्याज, चिनी, सुर्तिजन्य पदार्थलगायतका किराना सामान ग्रामिण सडक हुदै जिल्ला भित्रिदैं छ भन्ने सूचनाका आधारमा हामीले नियन्त्रणमा लिएका हौं ।’
मंगलबार राती जिल्लाको दोगडाकेदार गाँउपालिका- ७ खोचलेक स्थित दार्चुला रोड हुदै बैतडी सतबाँज तर्फ आउदै गरेको से १ ज ७१८ नम्बरको बलेरो जिपलाई प्रहरी चेकजाँच गर्न रोक्यो ।
उक्त चेकजाँचको क्रममा बलेरो जीपभित्र भन्सार छलेर भारतबाट भित्राईएका बिडी र चप्पल लगायतका सामानहरु फेला परेको डीएसपी गिरीले जानकारी दिए ।
भन्सार छलिको सामानसहित जीपका चालक बझाङ बुंगल नगरपलिका- ११ पातल बस्ने बर्ष ३४ को बिर बहादुर बोहरा सहचालक बर्ष २४ को पुष्कर बहादुर बोहरालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
उक्त जीपमा करिब दश लाख सन्तावन्न हजार चार सय रुपैंया बराबरको भन्सार छलेर ल्याइएकोे सामाग्री रहेको प्रहरीको भनाई छ ।
नियन्त्रणमा लिएको जीप, चाल, सहचालक सहितथप अनुसन्धान तथा कारवाहीको लागी महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी पठाईएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरि जिल्ला प्रहरी कार्यालय बैतडीले ट्रकसहित भन्सार छलीको सामान नियन्त्रणमा लिएको छ । बुधबार बिहान मेलौली नगरापालिका- ३ स्थित सडकमा मेलौलीबाट पाटनतर्फ आउदै गरेको से १ ख २०१४ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट भित्र्याएका प्याज, चिनी, गुड, बिडी, पेय पदार्थ जुसहरु, चप्पल, मिठाई, खानेतेल लगायतका सामानसहित ट्रक चालक गणेश बहादुर मडैलाई नियन्त्रणमा लिएको छ ।
ट्रकमा लोड भएका सामानहरु मुल्य करिब उन्नाईस लाख आठ हजार चार सय चालिस बराबर रहेको डीएसपी गिरीले जानकारी दिए । सामान, ट्रक र चालकलाई थप अनुसन्धान तथा कारवाहीको लागी कैलाली भन्सार कार्यालय धनगढी पठाईएको प्रहरीले जानकारी दिएको छ ।
