काठमाडौ । प्रहरीले सर्लाहीबाट चाेरीकाे ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएकाे छ ।
जिल्ला सर्लाही लालबन्दी न.पा.-६ जनबादी चोकस्थित पूर्व पश्चिम राजमार्गमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले चाेरीकाे बिआर. ०६ जिए ५१८८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएकाे हाे ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि ज्ञवालीले ट्रकलाई चेकजाँच गर्दा र कागज पत्र चेकजाँच गर्दा, उक्त सवारी दर्ता किताबमा रहेको ईन्जिन नम्बर र चेसिसमा फरक परेकाे बताए ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा नवलपुरबाट रानीगंजतर्फ जादै गरेको बिआर. ०६ जिए ५१८८ नम्बरको ट्रकलाई शंका लागि रोकी कागज पत्र चेक जाँच गर्दा, उक्त सवारी दर्ता किताबमा रहेको ईन्जिन नम्वर ६९७ टिसि ६९सि एक्स.वाई १०८३९३ र चेसिस नम्वर एम. ए. टि. ३७३३३७ सि.१ सि०8३१० र उक्त ट्रकको ईन्जिन नं. नदेखिएको, चेसिस नं. एम.ए.टि.३८८३९१ वि ओ सि ओ ५६३४ रहेको हुँदा सवारी दर्ता र ट्रकमा भएको ईन्जिन नं. र चेसिस नं. फरक परेकाे छ ।
प्रहरीले सबै प्रकारको भेरिफाई गर्दा समेत नमिलेपछि साेध खाेज गर्दा ट्रक चाेरी गरिएकाे फेला पारेकाे जनाएको छ ।
प्रहरीले ट्रक चालक देश भारत जिल्ला मोतिहारी थाना मधुवन वडा नं. १ बस्ने वर्ष २५ को पप्पु कुमार यादव र सह-चालक देश भारत जिल्ला मोतिहारी थाना मधुवन वडा नं. २ बस्ने वर्ष २४ को कुन्दन प्रसाद कुश्वाहालाई नियन्त्रणमा लिएकाे हो ।
प्रहरी ट्रक चालकसहित सवारीलाई राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको छ ।
