काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गर्ने तीज जना पक्राउ परेका छन् ।
गत ६ फागुन साँझ ललितपुर, इमाडोलको बासुकी टोलस्थित मनिषको तीन तले घरमा चोरी भएको थियो ।
जतिबेला नगद, गरगहना समेत गरी ४५ लाख रुपैयाँ चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा प्रविण तामाङ, राजन श्रेष्ठ र अनुप तामाङलाई पक्राउ गरेको हो ।
Facebook Comments Box
