काठमाडौं । चितवनमा आठ कक्षामा अध्ययनरत छात्राले झुण्डिएर आत्महत्या गरेकी छन् ।
रत्ननगर नगरपालिका- १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षकी छात्रा सालिन पोख्रेलेल आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनी शनिबार बिहान होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । बिहान साढे १० बजेको समयमा होस्टलको सिलिङ पंखामा स्काउटको डोरीको पासो लगाएर झुण्डेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
मृतक छात्रा बुवाआमाको सम्बन्धबिच्छेद भएपछि गोरखा घर भई रत्ननगर-१५ माधवपुरस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी थिइन् । उनको आमा वैदेशिक रोजगारीको लागि दुवई र बुवा काठमाडौँमा रहेका छन् ।
छात्राको निधनबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
