काठमाडौं । पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी धरौटीमा छुटेको दिन पुनः पक्राउ परेका छन् । सुवेदीलाई ठगी मुद्दामा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई व्यक्तिगत ठगीको आरोपमा पक्राउ गरेको हो । कास्की प्रहरीका प्रहरी निरीक्षक सूर्य लामाले व्यक्तिगत ठगीको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरिएको जानकारी दिए ।
यसअघि सुवेदी मित्रमिलन सहकारी ठगी मुद्दामा पक्राउ परेका थिए । तर, जिल्ला अदालत कास्कीका न्यायधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ८ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
पक्राउ पुर्जी जारी भएपछि फरार भएको वडाध्यक्ष सुवेदी मंगलवार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए ।
Facebook Comments Box
