काठमाडौं । बारामा दुई मोटरसाइकल एकआपासमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटना निजगढ नगरपालिका-९ सिंगौल गेटस्थित पूर्ब पश्चिम राजमार्गमा भएको हो ।
निजगढदेखि उदयपुरतर्फ जाँदै गरेको प्र १- ०५-००१ प ५४९७ नम्बरको मोटरसाइकल र रौतहतदेखि निजगढतर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।
दुर्घटनामा उदयपुर कटारी नगरपालिका-२ बस्ने ३४ को चन्द्रदिप लामा, रौतहट चन्द्रपुर नगरपालिका-३ पौराई बस्ने वर्ष ३१ को बुद्ध बहादुर बल र पौराईकै ३५ वर्षीय बाबुराम सुनार घाइते भएका थिए ।
लगत्तै उनीहरुलाई बारास्थित सामुदायिक प्रसुती अस्पताल निजगढमा उपचारको लागि लगिएको थियो । जसमध्ये लामा र बलको उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
त्यस्तै सुनारको सोही अस्पातलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
