Author: Scoop Khabar

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले पर्सा जिल्लाको कमाण्ड सम्हालिरहेका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) किसन कर्माचार्यलाई फिर्ता फोलाएको छ । सशस्त्र प्रहरी बल स्रोतकाअनुसार एसपी कर्माचार्यलाई काठमाडौंस्थित प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा तानिएको हो । कमजोर कार्यसम्पादन र अवैध सामान ओसारपसारमा संलग्न तस्करसँग सम्बन्ध जोडिएको भन्दै उनलाई तानिएको बताइन्छ । तर सो कुरा हल्लामात्रै भएको केहीको दाबी छ। त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमासमेत पोष्टिङ भएका कर्माचार्यले पर्सा जिल्लाको कमाण्ड सम्हालेको सात महिना मात्रै भएको थियो । वीरगञ्ज भन्सारको सुरक्षामा खटिएका डिएसपी र एसपी कर्माचार्यबीच खटपट भएपछि हेडक्वार्टरले तानेको स्रोतको दाबी छ । एसपी कर्माचार्यको ठाउँमा राधेश्याम धिमालले नेतृत्व गर्नेछन् ।

थप

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका माहामन्त्री गगन थापा युवाहरुको राजनीतिक आइकन भएको बताएकी छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै नेतृ झाँक्रीले सो कुरा बताएकी हुन् । गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए । उक्त अभिव्यक्तिपछि आज रामकुमारी झाँक्रीले गगन थापा आफ्नो सामर्थ्यले यो तहको नेता बनेको बताईन् । उनले थापामाथि लगाएको आरोपको प्रमाणको भार गृहमन्त्री लामिछानेले पुरा गर्नुपर्ने बताईन् ।

थप

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका थलीमा एकजना पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ । मंगलबार विहान साढे पाँच बजे उनको शव भेटिएको हो । थली प्रहरीका अनुसार शव थलीको उकालामा फेला परेको हो । शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ । उनको पहिचान खुल्न बाँकी छ । कालो कपडाले शवको अनुहार ढाकिएको छ । घटना स्थलमा दुईवटा ब्लेड समेत फेला परेको प्रहरीको भनाई छ । अहिले प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । पर्सा प्रहरीले विभिन्न जघन्य प्रकृतिका अपराधहरुमा संलग्न फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । कुख्यात अपराधी तथा ‘मोस्ट वान्टेड’ सूचीमा रहेका प्रेम गिरीलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार बिहान ५ बजे लुकिछिपी प्रसौनी गाउँपालिका ७ महुवन बलुवा बस्ने ७१ वर्षीय गिरीलाई आफ्नै घरमा बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको जनाएको छ । पर्साबाट खटिएको प्रहरी टोलीले नेपाललगायत भारतका विभिन्न राज्यमा अपराध गरी भारतीय प्रहरी लगायत नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गिरीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार कुख्यात अपराधीको नाममा परिचित रहेका…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालय मातहतको मानवस्रोत विभाग प्रमुख छन्, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भिम प्रसाद ढकाल । एआईजी ढकालको २८ वैशाखमा बढुवा/पदस्थापनासँगै ३ जेठमा मात्र विभागको जिम्मेवारी सम्हालेका हुन् । प्रहरी कर्मचारीहरुको नयाँ नियुक्ति, पदस्थापन, सरुवा, काज, बढुवा, राजीनामा, अवकाश, निवृत्तिभरण, उपदान, असाधारण सुविधा सिफारिससँग सम्बन्धित कार्यहरु कर्मचारी प्रशासन शाखाबाट सम्पादन हुने गर्छ । त्यसैले यो विभाग महत्वपूर्ण मानिन्छ । अझै प्रहरीको सरुवा बढुवामा यो विभागको ठूलो हात हुने गर्छ । ७९ हजार ५४१ संख्यामा रहेका प्रहरीको सरुवादेखि बढुवाको सूची यस विभागबाट सार्वजनिक भएपछि आधिकारिक हुने भएकाले यहाँ जान एआईजीहरु निकै मरिहत्ते समेत गर्छन् । विभाग प्रमुख हुँदा आफूअनुकुल…

थप

काठमाडौ । सशस्त्र प्रहरीका बलका निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले सगरमाथाको सफल आरोहरण गरेका छन् । उनले आज बिहान १०ः२० मा सगरमाथा आरोहण गरेका हुन् । आरोहणपछि सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले पौडेललाई बधाई ज्ञापन गरेका छन् । इन्स्पेक्टर पौडेल सि. सं. ९ ब्याचका अधिकृत हुन् । उनी पहिलो प्रयासमा नै सगरमाथाको आरोहण गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका कर्मचारीले पहिलो पटक सगरमाथा आरोहण गरेका हुन् ।

थप

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको उल्लेख गरेको छ । उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए । दुर्घटना स्थलको मौसम निकै खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो । टर्किले राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको थियो । टर्कीको समाचार एजेन्सी अनादोलुले एक ठाउँमा अत्यधिक तापको स्रोत भेट्टाएको तस्वीर सार्वजनिक गरेको थियो । टर्कीले प्राप्त गरेको यो सूचना इरानलाई जानकारी गराएको…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ४ जनालाई नायब महानिरीक्षक डिआईजी)मा बढुवा सिफारिस गरेसँगै बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको लागि समेत बाटो खुलेको छ । रिक्त पद पूर्तिको लागि प्रधान कार्यालयले तयारी थालेको हो । प्रहरीमा हाल ४ एसएसपीको पद नै रिक्त छ । जसमध्ये २०७४ साउनमा प्रहरी उपरीक्षक (एसपी) भएका विमल बस्नेत पहिलो नम्बरमा रहेका छन् । तर, उनी प्रहरी संगठनमा विवादित प्रहरी अधिकृत हुन् । एसपी हुँदा निलम्बनमा परेका थिए । त्यसपछि एसपी हिरा बहादुर पाण्डे दोस्रो नम्बरमा छन् । एसपी पाण्डे सिराहा प्रहरी प्रमुख हुँदा नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएपछि निलम्बनमा परेका…

थप

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबारदेखि ‘समीक्षा यात्रा’ सुरु गरेको छ । पार्टीको नीति, निर्णय र सांगठनिक संरचनाका दुर्बल पक्ष पहिचानका लागि रास्वपाले समीक्षा यात्रा सुरु गरेको हो । यात्रा असार ५ गतेसम्म ३२ जिल्लाका ४८ स्थानमा केन्द्रित रहने जनाइएको छ। पार्टी महामन्त्री मुकुल ढकालको नेतृत्वमा नागरिकको घर–दैलोमा गएर पार्टीमा भएका सही, गलत तथा थप सुधार गर्ने विषयमा यात्रा केन्द्रित हुने रास्वपाले जनाएको छ । वैशाख २१ गते बसेको सचिवालय बैठकले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाउने निर्णय गरेको थियो । यात्रा क्रममा आफूले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे प्रदेश र जिल्ला तहबाट रिपोर्टिङ लिने र नागरिकका समस्या बुझ्ने महामन्त्री ढकालले…

थप

पोखरा । पोखराबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पोखरा ७ रत्नचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १५ हजार २ सय २५ रुपैयाँ बरामद भएको छ । स्थानीय अर्जुनकुमार श्रेष्ठको घरमा उनीहरुले तास खेलेका थिए । पक्राउ पर्नेमा अर्जुनसँगै सोही ठाउँका ६३ वर्षीय शिवबहादुर विक, ५२ वर्षका बसन्त केसी, ३६ वर्षका बसन्त लामा, ४५ वर्षका कृष्ण रावत र ५६ वर्षका गोकर्ण श्रेष्ठ छन् । सबैलाई ८ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

थप