Author: Scoop Khabar

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐनबहादुर महरविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । फेसबुकमार्फत चरित्र हत्या, अपमान र बदनाम गर्ने कार्यमा संलग्न भएको आरोपमा महरविरुद्ध अदालतमा मुद्दा दर्ता भएको हो । महरले विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसूर गरेको पुष्टि हुन आएको भन्दै जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले क्षतिपूर्तिसहितको सजाय माग गर्दै अभियोग पत्र दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता रामहरि काफ्लेका अनुसार अभियोग पत्र अदालतमा दर्ता भए पनि ऐन महर अदालतमा उपस्थित भएपछि थुनछेक बहस हुनेछ । महरले आफ्नो फेसबुक आईडी प्रयोग गरी महिलाको…

थप

काठमाडौं । १८ भदौ राति १२ बजेबाट दिपक थापाले प्रहरी महानिरीक्षक (आईजीपी)को कुर्सीबाट औपचारिक रूपमा अवकाश लिँदैछन्। ३० वर्ष लामो प्रहरी जीवनमा उनी अनुशासित, कर्मठ र अब्बल क्षमताका अधिकृतका रूपमा चिनिएका थिए। प्रारम्भिक दिनदेखि नै घटनास्थलमै खटिने, अनुसन्धानमा गहिरो ध्यान दिने र नेतृत्व गुण देखाउने थापालाई धेरैले भविष्यको प्रहरी प्रमुखका रूपमा हेरेका थिए। तर, नेतृत्वको शिखरमा पुगेपछि उनको छवि उल्टो दिशामा गयो। गत २०८१ चैत ५ गते आईजीपी बनेका थापासँग सुरुवातमै ठूलो अपेक्षा थियो। अपराध नियन्त्रणमा कडाइ, संगठनलाई अनुशासनमा बाँध्ने र विवादमुक्त बनाउने प्रतिबद्धता उनले सार्वजनिक गरेका थिए। तर, छोटो ६ महिनाको कार्यकाल उनको लागि ‘आशा भन्दा बढी आलोचना’ को…

थप

काठमाडौं । पछिल्ला दिनमा ‘कोटेश्वरमा ट्राफिक प्रहरीको आर्थिक आतंक” शीर्षकसहित एक भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर स्थानीय व्यापारी र यातायात व्यवसायीहरूले भने उक्त भिडिओ वास्तविकतामाथि आधारित नभई नियोजित रूपमा तयार गरिएको आरोप लगाएका छन् । कोटेश्वरका एक व्यापारीका भनाइअनुसार, केही दिनअघि नो–पार्किङ क्षेत्रमा अरनिको यातायातका गाडीहरू पार्किङ गरिएको थियो । सो क्रममा एक स्कुटर चालक ठोक्किँदा मृत्यु भएको घटनापछि ट्राफिक प्रहरीले यस्ता घटना दोहोरिन नदिन कडाइका साथ नियम कार्यान्वयन गर्न थालेको हो । यद्यपि, भाइरल भिडियोमा देखिने एक व्यक्तिले ट्राफिक प्रहरीमाथि धम्कीपूर्ण शैलीमा हरेक गाडीबाट १०० देखि ५०० रुपैयाँ असुल्ने आरोप लगाएका छन् । तर स्थानीय स्रोतका…

थप

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन् । चीनमा हुने ‘विजय दिवस’ सैन्य परेडमा सहभागी हुन उनी बख्तरबन्द रेलमार्फत त्यहाँ पुगेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ आफ्नो बख्तरबन्द रेलमा उत्तर कोरियाको राजधानी प्योङयाङबाट किम मंगलबार चीन प्रवेश गरे । किम जोङ उन सन् २०१९ मा चीन–उत्तर कोरिया कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका क्रममा अन्तिमपटक बेइजिङ गएका थिए । उत्तर कोरियाको पुरानो र सीमित हवाईजहाजहरूको तुलनामा, बुलेटप्रुफ रेलहरू नेताका लागि सुरक्षित, आरामदायी र सुविधासम्पन्न मानिन्छन् । बेइजिङ बुधबार हुने ‘विजय दिवस’ सैन्य परेडमा किम चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित अन्य विश्व नेताहरूसँग देखा…

थप

काठमाडौं । पोखरास्थित फेवातालमा आज बिहानै हाम फालेकी महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ। आज बिहान ५ बजेतिर कास्की जिल्ला पोखरा महानरपालिका-६ गौरीघाटस्थित फेवातालमा मकवानपुर घर भई पोखरा-६ लेकसाइड बस्ने अन्दाजी ४५ वर्षीया हीरा नेगी हाम फालेकी थिइन् । तर उनी काठको मुढामा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, कालिका गणबाट इन्सपेक्टरको कमान्डमा ५ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन र नेपाल प्रहरीसहितको संयुक्त सुरक्षा फौजले उनको उद्धार गरेको हो । उद्धारपछि महिलालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान (रामघाट) र अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ । उनले किन हाम फालिन् भन्ने कुरा खुलिसकेको छैन ।

थप

काठमाडौं । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ। भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यतालिका रहेको छ ।

थप

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकको भतिज नाता लगाउँदै आएका सन्तोष भट्ट विवादमा तानिएका छन् । प्रहरी अधिकृत नै नभईकन उनले प्रहरी नायब उपरीक्षक (डिएसपी)को बर्दी लगाएको फोटो फेसबुकमा राखेपछि विवादमा तानिएका हुन् । बुढानिलकण्ठ प्रभागका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नारायण सिंह बिष्टसँग खिचेको तस्बिर भट्टले फेसबुकमा सार्वजनिक गरेपछि घटनाले प्रहरी संगठनमाथि नै गम्भीर प्रश्न उठाएको छ । उक्त फोटो जबकी इन्स्पेक्टर बिष्टकै कार्यकक्षमा लिइएको हो । विवादास्पद छविसहितका भट्ट पछिल्लो समय प्रहरीका हाकिम, मन्त्री तथा उच्चपदस्थहरूसँग भेटघाट गर्ने, तस्बिर खिच्ने र ती तस्वीरहरू सामाजिक सञ्जालमार्फत प्रचार गर्ने गर्दै आएका छन् । यस घटनामा इन्स्पेक्टर बिष्टमाथि समेत प्रश्न उठेको छ ।…

थप

गाेरखा । “पढ्न चाहना छ, तर साधन छैन” भन्ने यथार्थ बोकेर विद्यालय आउने गोरखाका १६० विपन्न बालबालिकाको अनुहारमा शनिबार हर्षको मुस्कान देखियो। समाजसेवी तथा हिमालय हब एडभेन्चर प्रा. लि.का प्रबन्ध निर्देशक प्रकाश लामिछानेले भिमसेनथापा गाउँपालिका–३ टारिफाँटस्थित श्री श्री नवज्योति माध्यामिक विद्यालय र भिमसेन–४ चौतारास्थित बाल ज्योति विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरे। कार्यक्रममार्फत कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई विद्यालय झोला, कापी, पेन, ज्यामिती बक्स तथा पोशाक हस्तान्तरण गरिएको हो। वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार पुडासैनी र विद्यालयका प्रधानाध्यापकको प्रमुख आतिथ्य थियो। साथै शिक्षक, अभिभावक, स्थानीयवासी र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अध्यक्ष पुडासैनिले…

थप

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित देवरियामा विवाहको तयारी गरिरहेकी एक युवतीले निरन्तर दबाब र अपमान सहन नसकी जीवन समाप्त गरेकी छिन्। परिवारका अनुसार युवतीको विवाह नोभेम्बरका लागि तय भएको थियो। तर, प्रेमी दीपक तिवारीले महिनौंदेखि विवाह रोक्न धम्की दिँदै आएका थिए। उनले “जबसम्म मेरो विवाह हुँदैन, तिमीले पनि विवाह गर्न पाउँदिनौ” भन्दै मानसिक पीडा दिइरहे। भारतीय मिडिया आज तकका अनुसार, तिवारीले युवतीलाई बदनाम गर्ने प्रयास गर्दै आपत्तिजनक सामग्री परिवार र सामाजिक सञ्जालसम्म पुर्‍याए। तस्वीर आमासमक्ष पुगेपछि युवती गहिरो निराशामा परिन्। परिवारलाई अपमान सहन नसकी उनले अन्ततः आत्महत्या गरिन्। उनी छतमा गएर फाँसी लगाएको अवस्थामा भेटिइन्। तत्कालै अस्पताल पुर्‍याइए पनि चिकित्सकले…

थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालका मुख्यसचिव एकनारायण अर्याललाई अवकाश लगत्तै अख्तियार प्रमुख बनाउन गोप्य तयारी अघि बढाएका छन्। संघीय निजामति सेवा विधेयकमा २ वर्षको कुलिङ अफ पिरियड राख्ने सत्तापक्ष–प्रतिपक्षबीच सहमति भए पनि ओलीले विधेयक ऐन बन्नुअघि नै नियुक्ति गर्ने बाटो रोजेका छन्। हालको कानुनमा कुलिङ अफ पिरियडको प्रावधान नभएकाले अर्याललाई तुरुन्तै नियुक्त गर्न कानुनी अवरोध छैन। त्यसका लागि अहिलेका प्रमुख आयुक्त प्रेमकुमार राईलाई राजीनामा गराई सांसद र मन्त्री बनाउने प्रस्तावसमेत ओलीले तयार पारेको स्रोतको दाबी छ। ओलीको यो रणनीति फागुनमा हुने राष्ट्रिय सभाको निर्वाचनसँग पनि गाँसिएको देखिन्छ। त्यतिबेला एकतिहाइ सदस्यको कार्यकाल सकिँदैछ, नयाँ सदस्य निर्वाचनपछि गठबन्धनकै पक्षमा बहुमत…

थप