Author: Scoop Khabar

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमै राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्ने आफ्नो सपना रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेससँग नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु भन्ने सपना हुनुपर्ने बताए । ‘आजको नेपाली कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरूलाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु। यसका निम्ति जे पनि गर्छु भन्ने हुनुपर्छ’, उनले भने, ‘मेरो लागि मुख्य कुरा यो हो अहिले। मेरो लागि सरकारमा बस्नु, सरकारमा टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन् ।’ उनले देशभरी पूर्वाधार बनेको थुप्रै कुराहरू बदलिएको पनि बताए…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अहिले एक तस्वीरले ठूलो हलचल मच्चाइरहेको छ। पूर्वमहामन्त्री दाबी गरिरहेका मुकुल ढकाल र पार्टीकी सांसद तथा सचेतक निशा डाँगीको फोटो सार्वजनिक भएपछि पार्टीभित्रै प्रेम प्रसंगको चर्चा पुनः सतहमा आएको छ। ढकाललाई रास्वपाले अनुशासन उल्लंघन गरेको भन्दै निष्कासन गरिसकेको छ। निर्वाचन आयोगले समेत उनको नामबिनाको पार्टीको अडिट फाइल दर्ता गरिसकेको छ। तर पनि ढकाल आफूलाई अझै पार्टीको महामन्त्री दाबी गर्दै आएका छन्। यसबीच हालै सेतो गुम्बास्थित एक रेस्टुरेन्टमा ढकाल र डाँगीबीच घण्टौँ लामो भलाकुसारी भएको दृश्यले पार्टीभित्रको गसिपलाई फेरि ताताएको हो। मुकुल–निशाको सम्बन्ध नयाँ होइन। यसअघि नै उनीहरूबीच प्रेम प्रसंग रहेको चर्चा पार्टीभित्र र…

थप

काठमाडौं । मानव बेचबिखन तथा ओसारपोसारविरुद्धको राष्ट्रिय दिवस (भदौ २०) को अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र सम्मानित भएका छन्। नेपाल सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ७७ जिल्लामध्ये पर्सा प्रहरीले मानव बेचबिखन नियन्त्रणमा देखाएको सक्रियताका आधारमा मिश्रलाई सम्मान गरेको हो। उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहले सम्मानपत्र हस्तान्तरण गरेका थिए। एसपी मिश्र करिब सात महिनाअघि पर्सा प्रहरी प्रमुख बनेपछि मानव बेचबिखनविरुद्ध विशेष अभियान सञ्चालन गर्दै आएका छन्। उनले यो अवधिमा १५ वटा मुद्दा दर्ता गरेर त्यसमा संलग्न १७ जनालाई पक्राउ गरी सफल अनुसनधान गरेका थिए । यस्तै बेचबिखनको जोखिममा परेका करिब ३०० भन्दा बढीको उद्दार…

थप

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा शुक्रबार बिहान भएको खुकुरी प्रहार घटनामा संलग्न पाँच जना पक्राउ परेका छन्। फुटबल खेलको क्रममा भएको विवादपछि बसन्त परियार नेतृत्वको समूहले धारिलो हतियार प्रयोग गरी आयुष बिक (१८) र प्रवेश योगी ‘विपिन’ (१८) लाई आक्रमण गरेका थिए। घाइते दुवैको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँच जना क्रमशः नविन राना (१९), बसन्त परियार (१८), राजेश परियार (१८), नविन सुनार (१८) र जीवन बिक (१८) रहेका छन्। उनीहरूलाई तुलसीपुर–४ रक्षाचौरस्थित जंगलबाट पक्राउ गरिएको तुलसीपुरका डिएसपी अनिल ठकुरीले बताए । डिएसपी ठकुरीले भने, ‘घटनालगत्तै फरार भएका उनीहरुलाई ५ घण्टाभित्रै पक्राउ गरेर…

थप

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न युरोपेली देशहरूले रूसी तेल किन्न तुरुन्त बन्द गर्नुपर्ने बताएका छन् । साथै, उनले चीनमाथि पनि आर्थिक दबाब सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग भएको बैठकमा ट्रम्पले यस्तो धारणा राखेका हुन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले भने फोनवार्तापछि युद्धविराम सम्झौता अन्तिम रूप पाएमा २६ देशले सम्भावित शान्ति सेनामा योगदान गर्ने वाचा गरेको जानकारी दिएका छन् । म्याक्रोनका अनुसार युक्रेनको सुरक्षाका लागि युरोपेली सेनाको तैनाथी र युक्रेनी सेनाको सुदृढीकरणसँगै अमेरिकी सुरक्षाजाल अनिवार्य रहनेछ । यसले युद्धपछिको सुरक्षा ग्यारेन्टीलाई बलियो बनाउने उनले स्पष्ट पारे…

थप

काठमाडौं । शुक्रबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज सुनको मूल्य हालसम्मकै उच्च भएको हो । आज सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ बढी हो । हिजो भने सुन चाँदिको मूल्य स्थिर थियो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । एक सातामै सुनको मूल्य करिब १० हजार रुपैयाँ बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ थियो । चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला…

थप

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले कार्यभार सम्हालेको पहिलो दिनमै प्रहरी कर्मचारीका लागि महत्वपूर्ण निर्णय गरेका छन् । आईजीपी खापुङको अध्यक्षतामा बसेको नीति समन्वय समिति (पीसीसी) को बैठकले बहालवाला तथा अवकाशप्राप्त प्रहरीको लागि किरियापुत्री भवन निर्माण गर्ने निर्णय गरेको हो । प्रारम्भिक चरणमा महाराजगञ्जस्थित प्रहरी एकेडेमी परिसरमा रहेको जग्गामा भवन निर्माण हुने र आवश्यकताअनुसार अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना रहेको प्रहरीले जनाएको छ । आईजीपी खापुङले बिहीबार बिहान फुली लगाएका थिए भने लगत्तै पदभार ग्रहण गरेका थिए ।

थप

काठमाडौं । नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरणमाथि उठाइएको विवादले एमालेको एकता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताएकी छन् । विधान महाधिवेशनका प्रतिनिधिलाई सम्बोधन गर्दै पत्रमार्फत धारणा सार्वजनिक गरेकी भण्डारीले यो विवाद व्यक्तिगत नभई पार्टीको विधि, मूल्य र भविष्यसँग जोडिएको स्पष्ट गरेकी छन् । उनले लेखेकी छन्, ‘मैले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका लागि अर्पण गरेको छु। महिला अधिकार, मानव अधिकार, न्याय र समानताका लागि निरन्तर आवाज उठाउँदै आएकी छु। आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न पार्टी र सिङ्गो राष्ट्रका लागि गम्भीर छ।’ साउन ५–६ गते बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीको नवीकृत सदस्यतामाथि प्रश्न…

थप

एजेन्सी । मुम्बईको नालासोपारामा फेला परेको एउटा बुर्काले ढाकिएको शवले प्रहरीलाई अचम्ममा पार्‍यो। शव चिन्नै नसक्ने गरी चकू प्रहार गरिएको थियो र घटनास्थलमा कुनै प्रत्यक्षदर्शी थिएन। सुराकसमेत हात नपरेको जस्तो देखिएको यो अन्धा हत्या प्रकरणपछि प्रहरीको सूक्ष्म अनुसन्धानले यस्तो कथा उजागर गर्‍यो, जसले पारिवारिक सम्बन्धको मर्यादालाई नै चकनाचुर पारिदियो। घटनास्थलबाट बरामद यौन शक्ति बढाउने स्प्रे, प्रयोग गरिएको कण्डम र रगतले माखिएको चाकू नै यस गुत्थीको मुख्य प्रमाण बने। प्रहरी अनुसन्धानबाट खुलासा भयो कि हत्या भएकी महिला ३५ वर्षीया सायरा बानो थिइन्। उनको आफ्नै भतिजा नजाबुद्दीन मोहम्मद सामी सँग करिब दुई वर्षदेखि अवैध सम्बन्ध रहेको खुलेको छ। स्रोतका अनुसार, सामीको हालै…

थप

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरूबाट सरकारले ९३ करोड रुपैयाँ बराबर कर संकलन गरेको छ । डिजिटल सर्भिस ट्याक्स र मूल्य अभिवृद्धि कर (भ्याट) बापत उक्त रकम बराबर कर तिरेको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । सरकारले आर्थिक वर्ष २०७९/८० देखि सामाजिक सञ्जालहरूबाट डिजिटल सर्भिस ट्याक्स उठाउन सुरु गरेको थियो । पहिलो वर्ष कर संकलन कम थियो । दोस्रो वर्ष ५० करोड हाराहारी राजस्व संकलन भएको उनले जानकारी दिए । यस वर्षसम्म ९३ करोड रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांक छ । गैरवासिन्दा व्यक्ति तथा कम्पनीले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाबापत कर तिर्नुपर्ने प्रावधान सरकारले…

थप