काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजी) बसन्त कुँवरलाई पनि बोलाइएको थियो । र, साथमै थिए तालुक मन्त्रालयका मन्त्री नारायणकाजी श्रेष्ठ ।
पालैपालो बोल्ने क्रममा आईजी कुँवरले नेपाल प्रहरीभित्र रहेको समस्याबारे गुनासो राखे । समितिको बैठकमा आईजी कुँवरले प्रहरीमा जो शक्तिमा हुँदैन र जसको पहुँच छैन् ती व्यक्तिहरूले स्थान नपाएको र जसको पहुँच छ, त्यो पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या भएको बताए ।
आईजी कुँवरले भने, ‘प्रहरीभित्र सरूवा मापदण्ड सिनियर अफिसरदेखि कार्यलय सहयोगीसम्मको मापदण्डको त्यहीअनुसारको विधिमा गएका छौं । यहाँ त कस्तो रहेछ भने जसको पहुँच छ, त्यो पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको छ ।’
सोही कारणले पनि प्रहरीको मनोबल घटेको कुँवरको भनाई थियो । प्रहरीबाट प्रवाह हुने सेवामा आचरण र व्यवहार सुधार गर्दै लैजानुपर्ने उनले बताए । आईजी कुँवरले थपे, ‘यसको लागि प्रहरीले आफ्नो आचरण र व्यवहार सुधार गर्नुपर्छ ।’
उनले नेपाल प्रहरीले गर्ने कामकारबाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुने गरी काम गर्नुपर्ने बताए । उनले बोलि सकेपछि केहीसमय सोही कुरामा छलफल भयो । धेरैले आईजी कुँवरको भनाइप्रति सकारात्मक प्रतिक्रिया दिए ।
जतिबेला आईजी कुँवर तत्काल सरुवा गर्न नहुने पक्षमा थिए । सरुवा गर्दा नकारात्मक सन्देश जाने बुझेका कुँवरले गृहमन्त्री श्रेष्ठलाई समेत सुझाएका थिए । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासामू गृहमन्त्री श्रेष्ठको केही चलेन् ।
त्यस्तै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले समेत आईजी कुँवरले राखेको विषयवस्तुमाथि थप प्रष्ट्याए । आफ्नो पालोमा बोल्ने क्रममा मन्त्री श्रेष्ठले प्रहरी सरुवा बढुवामा हुने चलखेल शून्यमा झारिएको दाबी गरे । कार्यक्षमता, नियमसंगत, पारदर्शी ढङ्गले सरुवा बढुवाको काम भइरहेको श्रेष्ठको भनाइ थियो ।
सरुवा बढुवाको मापदण्ड अझै अपुरो भएकोले त्यसलाई सुधार गरेर जान आवश्यक समेत भएको उल्लेख गरे । सरुवा, बढुवा तथा पदस्थापनमा आन्तरिक सुशासन कार्यान्वयन गरिरहेको बताउँदै पैसा वा अन्य कारणबाट हुने अवाञ्छित गतिविधि नियन्त्रण गरेको बताए ।
उनले भने, ‘आन्तरिक रूपमा सुशासन स्थापित नगरी सुशासन र सेवा प्रवाहको हाम्रो मिसन सफल हुँदैन भन्नेमा गृह प्रशासन प्रस्ट छ । अवाञ्छित चलखेल पैसा वा अरू चलखेल भइरहेको छ भने हुन दिनु भएन । मापदण्डका आधारमा सरुवा बढुवा र पदस्थापन गर्नुपर्यो ।’
0000
आईजी कुँवरले बोलेको कुरा वास्तवमा यथार्थ हो । विभिन्न राजनीतिक दलका नेताहरुले आफूअनुकुल प्रहरी संगठनलाई चलाउने गरेका छन् । आफूअनुकुलका प्रहरीका हाकिमलाई आफ्नो गोजीको पैसा जस्तो गरेर फाल्ने निकाल्ने काम नेताहरुले गर्ने गरेका छन् ।
अनि संगठनमा जसको पहुँच छ त्यसैले धेरै अवसर पाउने गरेको कुरामा पनि सत्यता छ । जसकारण संगठनमा इमान्दार र सक्षम प्रहरी अधिकृतहरु सधैं पछाडि पर्ने गरेका छन् । जसको लागि वर्तमान संगठन प्रमुख कुँवरले न्याय गर्ने अपेक्षा छ ।
तालुक मन्त्रालयका मन्त्रीले भनेजस्तो प्रहरीको सरुवा बढुवामा हुने चलखेल पूर्ण रुपमा बन्द भएको छैन । केही समयअघि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरुवाले अझै पनि चलखेल हुने गरेको पुष्टि गर्छ ।
जतिबेला आईजी कुँवर तत्काल सरुवा गर्न नहुने पक्षमा थिए । सरुवा गर्दा नकारात्मक सन्देश जाने बुझेका कुँवरले गृहमन्त्री श्रेष्ठलाई समेत सुझाएका थिए । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासामू गृहमन्त्री श्रेष्ठको केही चलेन् ।
आफ्नो पद जोगाउनकै लागि भएपनि मन्त्री श्रेष्ठ प्रहरीलाई चलाउन बाध्य भए । अन्ततः सरुवा अवधी नपुग्दै प्रहरी अधिकृतहरुको सूची बोकेर मन्त्री श्रेष्ठ आफैंले मन्त्रिपरिषद् बैठकमा पेश गरे । अनि शरणार्थी प्रकरणको अनुसन्धान गरेका प्रहरी अधिकारीहरुको सरुवा भयो ।
मन्त्री श्रेष्ठले आफूलाई बाहिर राम्रो काम गरेको छु भनेर देखाउन खोजे पनि भित्रभित्र पदको लागि जे गर्न पनि पछि हटेका छैनन् । जसले गर्दा विस्तारै प्रहरीमा राजनीतिक हस्तक्षेप बढ्दो रहेको प्रहरी प्रधान कार्यालयमा कार्यरत एक अधिकृत बताउँछन् ।
अनि संगठनमा जसको पहुँच छ त्यसैले धेरै अवसर पाउने गरेको कुरामा पनि सत्यता छ । जसकारण संगठनमा इमान्दार र सक्षम प्रहरी अधिकृतहरु सधैं पछाडि पर्ने गरेका छन् । जसको लागि वर्तमान संगठन प्रमुख कुँवरले न्याय गर्ने अपेक्षा छ ।
उनी आफैंले समेत जुन कुरा सार्वजनिक गरिदिएका छन् ।
