काठमाडौं । काठमाडौंको टोखामा आफैँले बोकेको पेस्तोलबाट गोली प्रहार गरी घाइते भएका प्रहरी हवल्दार डोलनाथ ढकालको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ढकालले बिहीबार राति आफ्नै कोठामा आफैँमाथि गोली प्रहार गरेका थिए।
गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतक ढकाल उच्च अदालत पाटनका एक न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) का रूपमा कार्यरत थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले घटनाबारे जानकारी दिएका हुन्। घटनाको थप विवरण भने खुल्न बाँकी छ।
Facebook Comments Box

