काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा अनुसन्धानका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसअघि उक्त प्रकरणमा जिल्ला अदालत काठमाडौंले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने प्रक्रियामा सरकारी अधिकारीहरूको संलग्नता रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
यसै प्रकरणमा प्रहरीले यसअघि दुई पूर्वमन्त्रीसहित विभिन्न उच्चपदस्थ अधिकारीहरूलाई पक्राउ गरिसकेको छ।
अर्याल तत्कालीन समयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव थिए। पछि उनी मुख्यसचिव नियुक्त भएका थिए।
Facebook Comments Box

