काठमाडौं । सरकारले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिसकेको छ। आजबाट मात्र ५६ दिन बाँकी रहेकाले, निर्वाचन तयारी हर–तरफा जुट्नुपर्ने बेला छ।
सोही अनुरूप प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्न आह्वान गरेको छ।
यो संख्या अघिल्लो २०७९ सालको प्रतिनिधिसभा चुनावमा लिइएको ९८ हजार २ सय ६८ भन्दा करिब ३५ हजार बढी हो।
सुरक्षा त्रास- प्रहरीका हतियारहरू लुटिएपछि भयको वातावरण
सबैभन्दा ठूलो कारण हो सुरक्षा थ्रेट, जसले अहिलेको चुनावलाई पहिलेभन्दा धेरै जोखिमयुक्त बनाएको छ।
गत २३, २४ भदौमा जेएनजी आन्दोलनका दौरान थुप्रै प्रहरीका हतियार लुटिए। यसरीनै अप्रिय घटना सरकार र सुरक्षा निकायका लागि अघोषित चुनौती बनेको छ।
यस्ता हतियारहरू चुनावको बेला पुनः प्रयोग हुनसक्ने वा असामाजिक तत्वहरूले आतङ्क बाधा सिर्जना गर्न लगाइदिने सम्भावना कारण, सुरक्षा खतरा बढ्दै गएको विश्लेषण छ।
नेतृत्वमा विश्वासको संकट-युद्धभूमि भन्दा जटिल परिस्थिति
तर समस्या केवल जनशक्ति अभाव र भौतिक खतरा मात्र छैन यो नेतृत्वको अस्थिरतालाई लिएर गम्भीर प्रश्न खडा गर्ने अवस्थामा पुगेको छ।
विश्वस्त स्रोतका अनुसार, हालका प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्की चुनाव यति चाँडो नगर्नुपर्ने पक्षमा रहेको बताइएको छ।
कारण
लुटिएका हतियारहरू चुनावकै बेला निस्कनसक्ने चिन्ता
सुरक्षामा अप्रिय घटना आउनसक्ने जोखिम,
असुरक्षा वातावरणमा प्रहरी नेतृत्वले सहज रूपमा परिचालन गर्न नसक्ने शंका इत्यादि।
त्यसैबीच, प्रधानमन्त्री सुशीलाकुमारी कार्कीकै सोच ‘चुनाव कहिले होला र यो कुर्सीबाट हटौंला’ भन्ने रहेको छ।
यसले नेतृत्व विवाद केवल नीतिगत मतभेद होइन- सरकारभित्र सुरक्षा व्यवस्थापनका रणनीतिक प्राथमिकतामा गहिरो विभाजक सिर्जना गरेको छ।
चुनाव सजिलो छैन, तर कमजोर नेतृत्वले समस्या झन् बढाउँछ
चुनाव सरकार र सुरक्षा निकाय दुवैको नजरमा चुनाव ‘आउन सजिलो’ छैन, तर त्यतिनै चुनौतीपूर्ण पनि छ।
यो केवल मत गन्ने मेला होइन। यो सभ्य समाजमा शान्त वातावरण कायम गर्दै संवैधानिक प्रक्रियालाई सफल पार्ने कठोर परिक्षा हो।
तर अहिलेको नेतृत्वलाई हतियार जोखिम व्यवस्थापन, स्थानीय सुरक्षा तालमेल, इन्टेलिजेन्स समन्वय, अपरेशन प्लानिङ र क्राइसिस व्यवस्थापन गर्न बडो मुस्किल छ।
निर्वाचन प्रहरीको भूमिका- अन्तिम सुरक्षा ढुङ्गा ?
अब प्रहरी प्रधान कार्यालयले मागेको १ लाख ३३ हजार नौ सय ८० भन्दा बढी निर्वाचन प्रहरी केही हदसम्म सुरक्षा वेभफ्रे कभरेज थप्नेछ।
तर सुरक्षा जनशक्ति मात्र पर्याप्त छैन- त्यो जनशक्ति सही दिशा, अनुभव र निर्णायक नेतृत्वसँग मिलेर मात्र प्रभावकारी हुन्छ।
अहिलेको परिस्थितिमा चाहिने नेतृत्वको रूपरेखा सुरक्षा जोखिमलाई व्यवस्थित गर्न र चुनावलाई सफल बनाउन नेतृत्वले यस्ता गुण आवश्यक छस्
जोखिम पहिचान र पूर्वानुमान क्षमता
अनुशासन र फिल्ड कमाण्ड स्मार्टनेस
प्रभावकारी समन्वय-सेना, सुरक्षा निकाय, प्रशासन, स्थानीय सरकार
थ्रेट इन्टेलिजेन्स सञ्चालन गर्न योग्य नेतृत्व
पारदर्शी र निष्पक्ष निर्णय गर्ने क्षमता
त्यसो भए प्रश्न उठ्छ-
के अहिलेको नेतृत्वसँग यति चुनौती पार गर्न पर्याप्त क्षमता, इच्छाशक्ति र निर्णय शक्ति छ ?
जब सुरक्षा खतराले चुनावको आधारभूतता नै चुनौती दिन्छ, तब नेतृत्व र प्रणालीले यसको सामना कसरी गर्छ ? यो नै अझ ठूलो परीक्षा हो।
