काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पौडेललाई बिहीबार काठमाडौंको बबरमहलबाट पक्राउ गरेको हो।
नेपाल बीमा प्राधिकरणको पत्रमार्फत ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरिएको निरीक्षण प्रतिवेदनका आधारमा बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धान गर्न पौडेललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार बीमा प्राधिकरणबाट प्राप्त निरीक्षण प्रतिवेदनमा उल्लेखित विषयमाथि थप अनुसन्धानका लागि पौडेललाई नियन्त्रणमा लिइएको हो।
घटनाबारे सीआईबीले थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
Facebook Comments Box
