काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री नआएकोप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री सदनमा नआउनु संसद्को मर्यादा र परम्परा विपरीत भएको बताए।
उनले भने, ‘उहाँले छलफलमा सुन्नुभएन, तर उत्तर दिने बेलामा उहाँ आउनुहुनेछ भन्ने विश्वास लिएको छ। यदि उहाँ आउनुभएन भने हाम्रो पार्टी बाहिरिनेछ। हामीले अरूबाट सुन्नुपर्ने स्थिति होइन।’
उनले सामाजिक परम्पराको प्रसङ्ग उठाउँदै आफ्नो बिहेमा अरूलाई बेहुला बनाएर पठाउन नमिल्ने तर्क गरे।
Facebook Comments Box
