काठमाडौं। गैरकानुनी सम्पत्ति आर्जनविरुद्ध सरकारले थालेको आक्रामक अभियान अब उच्च राजनीतिक तहतिरै केन्द्रित हुन थालेको संकेत देखिएको छ। पछिल्लो समय पक्राउ र अनुसन्धानको दायरा फराकिलो बन्दै जाँदा पूर्वप्रधानमन्त्रीदेखि शक्तिशाली राजनीतिक व्यक्तिहरू समेत यसको घेरामा पर्न सक्ने आँकलन गरिएको छ।
काङ्ग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परिसकेका छन् भने, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ पुर्जी जारी गरिसकेको छ। हाल देउवा दम्पती विदेशमा रहेका कारण इन्टरपोलमार्फत नेपाल ल्याउने तयारी भइरहेको स्रोतको दाबी छ।
देउवापछि अब अनुसन्धानको केन्द्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर मोडिन सक्ने संकेतहरू देखिन थालेका छन्। स्रोतका अनुसार प्रचण्ड मात्र नभई उनकी छोरी गंगा दाहाल, ज्वाइँ जीवन आचार्यसमेत छानबिनको दायरामा पर्न सक्ने चर्चा छ।
विशेषगरी जीवन आचार्यको आर्थिक उकालोले शंका जन्माएको छ। ग्रान्डी अस्पतालका मालिक दीपक कुँवरसँगको अघोषित साझेदारी र छोटो समयमै ठूलो सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान हुनुपर्ने आवाज उठ्दै आएको छ।
उनै कुँवरका भाइ यादव कुँवर पनि अनुसन्धान प्रकरणमा जोडिन सक्ने चर्चा छ, जसको सम्बन्ध वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलसँग पारिवारिक रूपमा जोडिएको बताइन्छ। सिग्देल-यादव सम्धी हुन्।
पछिल्लो समय यादवले सेनाको ठेक्कापट्टामा हालीमुहाली गरेका छन्। केही समय कोरिया बसेर फर्केका यादव राजेन्द्र क्षेत्री प्रधानसेनापति भएदेखि ठेक्कापट्टामा लागेका हुन्।
यसैबीच, कानुनमन्त्री सोबिता गौतमका श्रीमान गृहेन्द्र घिमिरेको नामसमेत सम्भावित अनुसन्धानको सूचीमा पर्न सक्ने अनुमानले थप तरंग पैदा गरेको छ। प्रचण्डसँग पारिवारिक निकटता रहेको बताइने घिमिरेमाथि पनि विगत केही वर्षमा अस्वाभाविक रूपमा सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ।
जबकी गौतमकी श्रीमान घिमिरेले प्रचण्डलाई मामा भनेर सम्बोधन गर्छन्। सोबितालाई बिहे गर्नुअघि उनी प्रचण्डको घर आउजाउ गर्ने गर्थे । तर, सोबितालाई बिहे गरेपछि उनी प्रचण्डकोमा जानै छोडेको रेनु दाहालले एक टिभी अन्तर्वार्तामा भनेकी थिइन्।
प्रचण्डले नै लगानी गरिदिएर व्यसायी बनेको आरोप लागेका गृहेन्द्रले पछिल्लो समय अथाह सम्पती आर्जन गरेको बताइन्छ । हाल उनकी श्रीमती सोबिता रास्वपाबाट मन्त्री बनेकी हुन्। रास्वपाका वरिष्ठ नेता बालेन्द्रा शाह प्रधानमन्त्री छन्।
प्रचण्ड निकट दिपक चुडाली समेत अनुसन्धानमा तानिनसक्ने बताइएको छ। उनीहरु मात्रै होइन प्रचण्ड परिवारमा बसेर राइँदाइँ गरिरहेका प्रकाश रायमाथि पनि छानबीन शुरु भएको छ ।
गैरकानुनी सम्पत्ति आर्जनविरुद्धको यो अभियानमा सरकारले अब कुन-कुन शक्तिशाली अनुहारलाई समेट्छ भन्ने विषय अहिले चासो र बहसको केन्द्र बनेको छ।
