काठमाडौं । प्रहरी वृत्त मालिगाउँ, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक (सई)लाई अख्तियारको टोलीले घुससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मालिगाउँमा कार्यरत ३५ वर्षीय सई दिनेश राउत छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाउन सहजिकरण गरिदएबापत उनले २० हजार रकम लिएको अख्तियारले जनाएको छ ।
उनलाई काठमाडौं महानगरपालिका–५ गहनापोखरी स्थित ग्रिन क्याफेबाट मंगलबार सेवाग्राहिसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
Facebook Comments Box
